नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन्।
नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति डा. नेपालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावलले बर्खास्त गर्न माग गरेका हुन्।
राष्ट्रपतिका सल्लाहकार नेपालले नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयले भारतसँगको सम्बन्ध बिग्रनसक्ने अभिव्यक्ति दिएका थिए।
सोही प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईप्रति पनि रावलले आक्रोश व्यक्त गरेका छन्।
भट्टराईको पनि डा. चिरन्जिवी नेपालको जस्तै अभिव्यक्ति आएको थियो।
रावलले बुधबार साँझ ट्वीट गर्दै लेखेका छन्, ‘संसदबाट पारित र संविधानमा उल्लेखित नक्शा मुद्रा लगायत सरकारी कागजात र काममा उल्लेख हुनैपर्छ। भारतीय विदेशमन्त्रीको आपत्तिलाई समर्थन हुने गरी सरकारको निर्णयको निन्दा गर्ने राष्ट्रपतिका सल्लाहकारलाई बर्खास्त गरी छानबिन गर्नुपर्छ। पूर्व प्रम बाबुरामको त्यस्तै भनाईको निन्दा गर्नुपर्छ।’
संसदबाट पारित र संविधानमा उल्लेखित नक्शा मुद्रा लगायत सरकारी कागजात र काममा उल्लेख हुनैपर्छ।भारतीय विदेशमन्त्रीको आपत्तिलाई समर्थन हुने गरी सरकारको निर्णयको निन्दा गर्ने राष्ट्रपतिका सल्लाहकारलाई वर्खास्त गरी छानबीन गर्नुपर्छ।पूर्व प्रमं बाबुरामको त्यस्तै भनाईको निन्दा गर्नुपर्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) May 8, 2024
Shares
प्रतिक्रिया