प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक यो खबर लेख्नुभन्दा एक घण्टा अघिदेखि बसिरहेको हो।
बैठकमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी सहभागी छन्।
बैठकमा संसद् बैठकमा प्रस्तुत हुने विषयबारे छलफल चलिरहेको छ।
आगामी जेठ १ गते संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ।
तर, कांग्रेसले सहकारीमा सर्वसाधारणको बचत रकम ठगीमा गृहमन्त्री रवि लामिछानेसहितको छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ।
93
Shares
प्रतिक्रिया