राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले क्रमिक सुधार हुनेखालको नीति तथा कार्यक्रम सरकारले ल्याएको टिप्पणी गरेका छन्।
मंगलबार नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘यसपटकको प्रस्थान कहाँ लाग्यो भने, पहिला पहिला ठूला ठूला कुरा गर्ने तर कार्यान्वयनमा नजाने, कर्मकाण्डीजस्तो देखिन्थ्यो,’ उनले भने।
साथै, उनले हरेक मन्त्रालयमा पुगेर केही गरौँ भन्ने बिउ रोपिएको पाएको पनि उनले बताए।
‘यसपालि अहिले ठूला कुरा नगरौँ, क्रमिक सुधार हरेक मन्त्रालयमा गरेर हेरौँ भन्ने बिउ चाहिँ मैले हरेक मन्त्रालयमा पाएको छु,’ उनले भने।
30
Shares
प्रतिक्रिया