नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई सबै फाइल खोल्न चुनौती दिएका छन्।
आइतबार साँझ ट्वीट गर्दै शर्माले गहन अनुसन्धान गर्ने कि सस्तो राजनीति भनी प्रश्नसमेत गरेका छन्।
प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘गृहमन्त्रीजीले आज औंल्याउनु भएका सबैमाथि छानबिन गर्न/गराउन हामी तत्पर, तयार र प्रतिबद्ध छौं। फायल खोल्नोस् अघि बढ्नोस्।’
यस्तै, उनले संसदमा ०४६ यताको फायल खोल्न प्रतिपक्षकै प्रस्ताव दर्ता रहेको भन्दै अब सोध्न कसलाई बाँकी रह्यो? भनेर प्रश्न पनि गरेका छन्।
गृहमन्त्रीजिले आज औंल्याउनु भएका सबैमाथी छानबिन गर्न-गराउन हामी तत्पर, तयार र प्रतिबद्ध छौं l फायल खोल्नोस् अघि बढ्नोस् !सम्माननिय @PM_nepal_
संसदमा ०४६ यताको फायल खोल्न प्रतिपक्षकै प्रस्ताव दर्ता छ l अब शोध्न कसलाई बाँकी रह्यो ?
गहन अनुसन्धान रोज्ने कि सस्तो राजनीति ???— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 19, 2024
504
Shares
प्रतिक्रिया