ad ad

राजनीति


विपक्षीको नाराबाजीकै बीच प्रधानमन्त्रीले मागे चौथोपटक विश्वासको मत

विपक्षीको नाराबाजीकै बीच प्रधानमन्त्रीले मागे चौथोपटक विश्वासको मत

नेपालखबर
जेठ ७, २०८१ सोमबार १२:२५, काठमाडौँ

प्रधानमन्त्री प्रचण्डले सबै दललाई विश्वासको मत दिन आग्रह गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेससहितका सबै दललाई १६ महिनाको अवधिमा सरकारका तर्फबाट गरेको कामलाई आधार बनाएर समर्थन गर्न आग्रह गरे।

प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर विश्वासको मत दिइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजी गरिरहेको छ। 

‘विश्वासको मत दिनुस्। राष्ट्र निर्माणका लागि विश्वासको मत दिनुस्। आउने दिनमा देश र जनताको पक्षमा दृढताका साथ काम गर्ने अवसर मिल्नेछ,’ प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .