ad ad

राजनीति


रविलाई कांग्रेसको चेतावनी : लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

रविलाई कांग्रेसको चेतावनी : लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

नेपालखबर
जेठ ७, २०८१ सोमबार १५:४९, काठमाडौँ

नेपाली कांग्रेसले कांग्रेस नेताहरूमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौति दिएको छ।

सोमवार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौति दिएका हुन्। उनले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाए।

उनले नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरुलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिए।

उनले भने, ‘नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग गरेको छ। यो हाम्रो ठहर हो। उहाँले जसरी नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरुमाथि जसरी लाञ्छना लगाउनु भयो, जसरी प्रश्न उठाउनुभएको छ, हामी चुनौति दिन चाहन्छौं चुनौतिपूर्वक भन्न चाहन्छौं तपाईं छानबिन, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस्।’

उनले सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .