ad ad

राजनीति


तटस्थ बसेर प्रधानमन्त्रीको उम्मेदवार नै ठिक छैन भनेको हो : प्रेम सुवाल

तटस्थ बसेर प्रधानमन्त्रीको उम्मेदवार नै ठिक छैन भनेको हो : प्रेम सुवाल

फाइल फोटो


नेपालखबर
जेठ ७, २०८१ सोमबार १६:१८, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभामा भइरहेको गतिविधिलाई सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभामा भइरहेको गतिविधिहरु पुँजीवादी पार्टीहरुको सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘पुँजीवादी पार्टीहरुको सत्ताको भागबन्डाको झगडा हो। देश र जनताको लागि होइन। पुष्पकमल दाहालले पहिलोचोटी विश्वासको मत लिँदा एमाले, कांग्रेस सबै मिलेर दिएकै हो। अहिले के विषयमा झगडा भयो।’

विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले विश्वासको मत दिएका भन्दै अहिले केही विषयमा झगडा भएका कारण विश्वासको मत नदिएका बताए। उनले विश्वासको मतको पक्ष वा विपक्षमा बस्दा साक्षि बसेको जस्तो हुने भएकाले मत नै नदिएको बताए। उनले दुवै पक्ष ठिक नभएकाले आफू तटस्थ बसेको बताए।  

उनले भने, ‘हुन्न र हुन्छमा गएपछि त साक्षी बसेको जस्तो हुन्छ। दिन्न भनेपछि तिमीहरु दुवै ठिक छैनौ। उम्मेदवार नै ठिक छैन भनेको हो त्यो।’

उनले प्रमुख प्रतिपक्ष दलले नाराबाजी गर्दा संसदको कारबाही रोक्नु राम्रो हुने धारणा राखे।

सांसद सुवालले विश्वासको मतको पक्षमा मतदान गर्न पहिले पहिले आफूलाई प्रस्ताव गरिने गरेको भएपनि पछिल्लो समय पस्ताव समेत आउन छाडेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .