नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई घडीको बारेमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै खतिवडाले आफू ‘नागरिकता छोडेर अमेरिका नभाग्ने’ भन्दै कटाक्ष पनि गरेका छन्।
आइतबार प्रतिनिधि सभामा बोल्दै लामिछानेले सञ्चारमाध्यममा घडी चोरेको समाचार आएको भन्दै त्यसबारे पनि छानबिन समिति बनाउनुपर्ने बताएका थिए।
उनले सहकारी ठगीबारे नेपाली कांग्रेसले छानबिन समिति बनाउन माग गरेको विषयमा जवाफ दिँदै उनले सो प्रशंग उठाएका थिए।
जवाफमा खतिवडाले लामिछानेलाई लामिछानेको ‘अभिव्यक्ति विचलित मानसिकता’ भनेका छन्।
उनले लेखेका छन्,‘तपाइँ मन्त्री हुनुहुन्छ, मेरो संलग्नता पुष्टि गर्नुहोस्, म सजाय भोग्न तयार छु। तपाइँं जस्तो नेपाली नागरिकता छाडेर म अमेरिका भाग्दिन।’
हिजो सदनमा बोल्ने क्रममा मेरो नाम नलिई एउटा घडीको बारेमा गृहमन्त्री रबि लामिछाने बोल्नु भयो
— Ramhari Khatiwada (@RamhariKhatiwa) May 20, 2024
तपाईंको अभिव्यक्ति बिचलित मानसिकताको
अभिव्यक्ति थियो ।
तपाईं मन्त्री हुनुहुन्छ ,
मेरो संलग्नता पुष्टि गर्नु होस,
म सजाय भोग्न तयार छु
तपाई जस्तो नेपाली नागरिकता छाडेर म अमेरिका भाग्दिन।
Shares
प्रतिक्रिया