पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबारको भ्रमण गरेका छन्।
पूर्वराजा शाहले सोमवार अपरान्ह पाटन दरबारको भ्रमण गरेका हुन्।
भ्रमणको क्रममा उनलाई सयौँ समर्थक तथा शुभचिन्तकहरूले बाजागाजासहित स्वागत गरेका थिए।
नेपालको राष्ट्रिय झन्डा लिएर उपस्थित भएका समर्थक तथा शुभचिन्तकहरूले पूर्वराजा शाहको जयजयकार समेत गरेका थिए।
भ्रमणका क्रममा उनले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पूजाआजा गरेका थिए।
51
Shares
प्रतिक्रिया