ad ad

राजनीति


सहकारी प्रकरण : आज दोस्रोपटक बस्दै कार्यदलको बैठक

सहकारी प्रकरण : आज दोस्रोपटक बस्दै कार्यदलको बैठक

कार्यदलको पहिलो बैठकको तस्बिर


नेपालखबर
जेठ ८, २०८१ मंगलबार ७:१३, काठमाडौँ

सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज (मंगलबार) बस्ने भएको छ। 

कार्यदलको बैठक बिहान ९ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ।

यसअघि आइतबार कार्यदलको बैठक बसे पनि छानबिन समितिको क्षेत्राधिकारका विषयमा कुरा नमिल्दा निष्कर्षविहीन भएको थियो।

पहिले गरेको सहमतिबमोजिम क्षेत्राधिकार तोक्न प्रमुख प्रतिपक्षी कांग्रेस राजी नहुँदा सहमति हुन नसकेको हो। 

सत्तापक्षले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम नलिई संकटग्रस्त सहकारीसहित समग्रको छानबिन गर्नुपर्ने क्षेत्राधिकार तोक्नपर्ने अडान राखेको छ। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा रास्वपाबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसबाट सांसद जीवन परियार र नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला छन्।

आइतबार कार्यादेशमा सहमति नजुटेकै कारण सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेला पनि कांग्रेसका सांसदले नाराबाजी गरेका थिए। प्रधानमन्त्री प्रचण्डले विरोधकै बीच चौथोपटक संसद्‌बाट विश्वासको मत (१५७) प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .