ad ad

राजनीति


संसदीय छानबिन समितिको टीओआरमा मध्यबिन्दु खोज्ने प्रयास, टुंगोमा पुग्न फेरि बस्ने

संसदीय छानबिन समितिको टीओआरमा मध्यबिन्दु खोज्ने प्रयास, टुंगोमा पुग्न फेरि बस्ने

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ११:१४, काठमाडौँ

सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि बन्ने संसदीय समितिको टीओआरमा सत्तापक्ष र प्रतिपक्षीबीच मध्यबिन्दु खोजेर अघि बढ्ने सहमति भएको छ।

मंगलबार सिंहदरबारमा बसेको टीओआर कार्यदल बैठकले संसदीय समिति बनाउन दुवै पक्षबाट आएका प्रस्तावमा मध्यबिन्दु खोजेर अघि बढ्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपालखबरलाई जानकारी दिए। 

‘दुवै पक्षबाट आ–आफ्ना प्रस्ताव अघि सरे, आज मौखिकरुपमा मात्रै छलफल भयो,’ बर्तौलाले बैठकपछि नेपालखबरसँग टेलिफोनमा भने, ‘त्यसलाई कसरी न्यारोडाउन कसरी गर्ने र मिड पोइन्ट खोजी गर्ने सहमति भएको छ।’

यद्यपि टीओआर कसरी बनाउने भन्नेबारेमा कुनै सहमति भइनसकेको उनले बताए। 

‘सहमति गरेर विषयलाई टुंग्याउने र सदनको गतिरोध अन्त्य गर्ने सहमति भएको छ,’ उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षका माननीयज्यूसँग बसेर टुंग्याउनेगरी जाने सहमति भएको छ।’ 

उनका अनुसार आजै फेरि बैठक बसेर टीओआरको ड्राफ्टमाथि छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .