ad ad

राजनीति


कांग्रेसको अडान– जसका बारेमा छानबिन मागेका थियौँ, त्यसबाट तलमाथि छैनौँ

कांग्रेसको अडान– जसका बारेमा छानबिन मागेका थियौँ, त्यसबाट तलमाथि छैनौँ

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ११:२८, काठमाडौँ

सहकारीको रकम अपचलनको छानबिनका लागि बन्ने संसदीय समितिको टीओआर (कार्यादेश) बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडान यथावत् राखेको छ। 

मंगलबार सहमति खोज्ने प्रयासस्वरुप कार्यदलका सदस्यहरू सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा कांग्रेसले जसको बारेमा प्रश्न उठेको हो उही व्यक्ति कारबाही गर्ने निकायको प्रमुख बन्न नसक्ने बताएको हो। 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सांसद समेत रहेका कार्यदलका सदस्य जीवन परियारले आफ्नो अडानबाट तलमाथि नभएको जानकारी गराए। 

‘कांग्रेसले संसदमा जे विषय उठाइरहेको थियो। सहकारी हिनामिना, अपचलन र ठगीका बारेमा नेपाली कांग्रेस सुरुदेखि जे अडानमा थियो, जसका बारेमा छानबिन गर्ने भनेर आवाज उठाउँदै आएका थियौँ, त्यसमा तलमाथि छैन,’ उनले भने। 

कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई दोषी करार नगराएको उनले स्पष्ट पारे। 

‘जसको संलग्नता छ भनेर हामीले आरोप लगाएका छौँ, उहाँलाई दोषी करार गरेको होइन नि। तर प्रमाणित हुनका लागि छानबिन हुनुपर्यो भन्ने हो। दोषी करार गरेका छैनौँ, त्यो अधिकार न्यायालय वा छानबिन समितिलाई मात्रै छ,’ उनले भने। 

गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न समेत उनले चुनौती दिए। 

‘हाम्रो पार्टीले कुन कुन विषयमा छानबिन गर्नुपर्ने हो, सरकारले त्यसमा प्रमाणित पनि गरोस् भन्ने हाम्रो अडान हो,’ परियारले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .