प्रहरीको टोली थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको छ। अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली मंगलबार दिउँसो कान्तिपुर कार्यालय पुगेको हो।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
सिरोहियालाई नागरिकताबारे विवादमा पक्राउ पुर्जी जारी गरिएको हो।
उता, सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको उल्लेख गरेका छन्।
उपत्यका अनुसन्धानका कार्यालयका एसपी रविन्द्र रेग्मी र डीएसपी अनिल घिमिरे सिरोहियाको कार्यकक्षमा पुगेका छन्।
उनलाई पक्राउ गर्न टोली नै जाने तयारी भएपनि दुई जनामात्रै आइदिनू भनेपछि उनको कार्यकक्षमा पुगेका हुन्।
3.0k
Shares
प्रतिक्रिया