नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नभएको बताएका छन्।
मंगलबार कार्यकक्षबाटै पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत् कोइरालाले यस्तो बताएका हुन्। यसअघि नेपाली कांग्रेसका नेताहरू कान्तिपुरको कार्यालयमै पुगेर पक्राउ पुर्जीको विरोध गरेका थिए।
‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकराी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया पका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन,’ कोइरालाले भनेका छन्।
साथै, उनले प्रहरीले सही र गलत छुट्याँउनेमा विश्वस्त रहेको पनि बताएका छन्।
सिरोहियालाई प्रहरीले पक्राउ गरेर अहिले धनुषा लगिएको छ।
54
Shares
प्रतिक्रिया