नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुख्द नरहेको बताएका छन्।
मंगलबार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरुमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरुको काम हुने बताए।
उनले हिजो सहमति र सहकार्यका साथ अघि बढेको स्मरण गर्दै त्यसो हुन नसकेको र अब अर्को ढंगले जानुपर्ने अवस्था आउनसक्ने बताए।
उनले भने, ‘हिजो एक किसिमको अवस्था थियो, अवस्थामा परिवर्तन भएको छ, हामीले विभिन्न पार्टीका नेताहरुसँग एक ढंगले संवाद कायम गरेका थियौँ। सहकार्य गर्दै आएका छौँ। अर्को ढंगले जानुपर्ने हो कि भन्ने अवस्था पनि बनेको छ।’
उनले संसदको गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए।
अध्यक्ष नेपालले कुनैपनि पार्टीहरु नफुटुन् भन्ने आफूहरुको चाहना रहेको बताए।
Shares
प्रतिक्रिया