ad ad

राजनीति


सिरोहिया पक्राउप्रति बाबुरामको टिप्पणी- आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा

सिरोहिया पक्राउप्रति बाबुरामको टिप्पणी- आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा

नेपालखबर
जेठ ९, २०८१ बुधबार १०:३३, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन्। 

नागरिकता प्रकरणमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि काठमाडौँमा रहेका सिरोहियालाई प्रहरीले मंगलबार कान्तिपुरकै कार्यालयमा पक्राउ गरी बुधबार धनुषा जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ। आज उनलाई अदालत पेस गरिँदै छ। 

डा. भट्टराईले जुनसुकै कारणले भए पनि सरकारले सिरोहियालाई पक्राउ गर्नु राम्रो नभएको टिप्पणी गरेका छन्। यसका लागि उनले जनयुद्धकालको स्मरण गराउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका हुन्।

सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘अंग्रेजीमा एउटा भनाइ छ- ‘You should not only be good, you should appear to be good.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन। झन् विडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापेबापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहियालगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमान्डर प्रचण्डलगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौँ। आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .