ad ad

राजनीति


टीओआर कार्यदलको बैठकमा माओवादी सांसद हितराज पाण्डे पनि मिसिए

टीओआर कार्यदलको बैठकमा माओवादी सांसद हितराज पाण्डे पनि मिसिए

सिंहदरबारमा जारी टीओआर कार्यदलमा सहभागी नेताहरू


नेपालखबर
जेठ १२, २०८१ शनिबार १७:२२, काठमाडौँ

सहकारीको रकम अपचलनबारे छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बनेको कार्यदलको बैठक सुरु भएको छ। 

शनिबार दिउँसो ३ बजे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने भनिएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो। 

आजको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि थपिएका छन्। यसअघिका बैठकमा कानुनमन्त्री पदम गिरी, नेकपा एमालेका प्रमुख समेचक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, नेपाली कांग्रेसका सांसदद्वय जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए। 

आजको बैठकमा पाण्डे पनि मिसिएका छन्।

बैठकमा टीओआबारे सहमतिका लागि थप प्रयास हुने बताइएको छ।

पोखराको सुर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत नाम राख्नुपर्ने अडान नेपाली कांग्रेस लचक भएको शुक्रबारको छलफलमा नेताहरूले बताएका छन्। 

शुक्रबारको बैठकपछि साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् खुलाउनेबारे शीर्ष नेताहरूबीच छलफल भएको थियो।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको र कार्यादेशको भाषाबारे शीर्ष नेताहरू बसेर सहमति गरिने बताएका थिए।

नेपाली कांग्रेसका सांसद् एवं कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले भने ‘विन–विन’को वातावरण निर्माण गर्नेगरी सहमतिको प्रयास भएको बताए। 

आज बेलुकीसम्म पनि सहमति नजुटे संसद्‌मा पेलेरै अघि बढ्ने योजनामा सत्तारुढ दल छन्।

सरकारले जेठ १५ गते बजेट ल्याउनै पर्नेछ। त्यसअघि संसद् खुलाएर वातावरण सहज बनाउन प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसमेत लागेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .