सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले पनि समाजवादको सिद्धान्त अपनाउनुको विकल्प नभएको दाबी गरेका छन्।
शनिबार पार्टीको हेटौँडा उपमहानगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले समाजवादको बाटो नसमाते एमाले नटिक्ने जिकिर गरे।
‘समाजवादी कार्यक्रम अब हामी महाधिवेशनमार्फत कार्यपद्धति ल्याउँछौँ। एमालेले अहिले पनि जबज भनिरहेको छ। तर, अरू पार्टीले समाजवादी कुरा गरिरहेका छन्’, उनले भने, ‘एमालेले पनि कुनै समयबाट समाजवादको कुरा गर्नुको विकल्प छैन। समाजवादको कुरा गर्दैन भने एमाले टिक्दैन। त्यो कुरा एमालेले बुझे हुन्छ।’
135
Shares
प्रतिक्रिया