प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू भारतमा रहँदा नेपाल–भारत सीमा विवाद, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउनेदेखि पञ्चेश्वर आयोजना लगायतका विषयमा दुई देशबीच बनेको संयन्त्रमार्फत छलफल गरेर हल गर्नुपर्ने विषय भारतीय समकक्षी नरेन्द्र मोदीसँग रोखको बताएका छन्।
तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर सोमबार नेपाल फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अब ती विषयमा समाधान निस्कने कुरामा आफू आशावादी रहेकोसमेत बताए।
‘मैले सार्कलाई सक्रिय पार्नेदेखि सीमासम्बन्धी संयन्त्रलाई सक्रिय पारेर विवाद समाधन गर्नुपर्यो भनेर प्रधानमन्त्रीजी र विदेशमन्त्रीसँग कुरा राखेँ,’ उनले भने, ‘उहाँहरु दुवै जनाको सकरात्मक जवाफ थियो। मलाई लाग्छ, अब संयन्त्रमार्फत नै छलफल अघि बढ्छ।’
प्रधानमन्त्री प्रचण्डले अब पञ्चेश्वर आयोजनासमेत अघि बढ्ने विश्वास व्यक्त गरे।
Shares
प्रतिक्रिया