ad ad

राजनीति


प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्‌मा जानकारी गराउन एमाले सांसद पन्तले मागे सभामुखको रुलिङ

प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्‌मा जानकारी गराउन एमाले सांसद पन्तले मागे सभामुखको रुलिङ

फाइल तस्बिर


नेपालखबर
जेठ २९, २०८१ मंगलबार ११:३८, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले भारत भ्रमणमा भएका उपलब्धिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा जानकारी गराउन सभामुखबाट रुलिङको माग गरेका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद पन्तले भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा आएर बोलेपनि संसद्मा औपचारिक रुपमा जानकारी गराउनुपर्ने बताए। 

‘भर्खरै प्रधानमन्त्री दिल्ली गएर आउनुभयो, हिजो आएर उहाँले एयरपोर्टमा बोलेको कुराहरू अखबारमा हेरेँ, कुनै विषयमा बाँकी छैन, हाम्रो सम्बन्ध मित्रतापूर्ण रुपमा अघि बढेको भन्नुभएको थियो। यसअघि पनि यस्तै यस्तै भन्नुहुन्थ्यो,’ सांसद पन्तले भने, ‘तर, सीमाको समस्या त्यतिकै छ, इपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाति रहेका समस्याहरू जस्ताको तस्तै छ। त्यसैले सभामुखज्यूबाट रुलिङ हुनुपर्छ।’

साथै, उनले सभामुखको विशेष अधिकार समेत हुने बताउँदै प्रधनमन्त्रीलाई भारत भ्रमणबारे जानकारी गराउनका लागि रुलिङ हुनुपर्ने बताए। 

‘प्रधानमन्त्रीले बोलेर आएको चिज बोल्ने पहिलो ठाउँ भनेको संसद् हो, उहाँको भारतीय प्रधानमन्त्रीसँग के के विषयमा द्वीपक्षीय, बहुपक्षीय हितका, सार्कका विषयमा, नेपाल र भारतकाबीचमा बाँकी रहेका विभिनन समस्या समाधान गर्ने विषयमा अखबारमा मात्रै होइन, आजै संसद्लाई सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी दिनुपर्थ्यो। त्यसैले सभामुखज्यूको ध्यानाकर्षण गर्छु, रुलिङ होस् प्रधानमन्त्रीज्यूको,’ सांसद पन्तले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .