राजेन्द्र महतो नेतृत्वको नवगठित राष्ट्रिय मुक्ति क्रान्तिले बागलुङको बुर्तिबाङमा सांस्कृतिक सभाको आयोजना गरेको छ।
राष्ट्रिय मुक्ति क्रान्ति, ढोरपाटन शिकार आरक्षद्वारा स्वदेशी मगरात भूमि अतिक्रमण विरुद्ध साँस्कृतिक प्रतिरोध कार्यक्रम आयोजना गरिएको नेता नेता केशव झाले बताए।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महतोले एकल नश्लीय चिन्तन बोकेका शासकवर्गले साझा नेपाल बन्न नदिएको गुनासो गरे।
साँस्कृतिक झाँकीसहित प्रदर्शन भएको र्याली नगर परिक्रमा गरि सभामा परिणत भएको थियो।
कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेतृ कमला गुरुङ, काठमाडौंका चर्चित युवा नेता सुमन सायमी, नेता अनिल महासेठले सम्बोधन गरेका थिए।
51
Shares
प्रतिक्रिया