सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ केहीदिनदेखि भारतको नयाँ दिल्लीमा छन्। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा उपस्थित भएर नेपाल फर्किसकेका छन् तर गुरुङले भने दिल्लीमा भेटघाट जारी रोखका छन्।
भेटघाट र अन्तरक्रियाकै क्रममा गुरुङले मंगलबार भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासँग नेपाली राजदूतावासमा भेटघाट गरेका छन्। उनीसँगको भेटघाट र अन्तरक्रियापछिको तस्बिर राजदूत शर्माले सार्वजनिक समेत गरेका छन्।
Good to have an interaction with the General Secretary of the Communist Party of Nepal (Maoist Centre), Mr. Dev Gurung, who has been visiting Delhi for the last few days. pic.twitter.com/3SPMNiUtSE
— Dr. Shankar P Sharma (@DrShankarSharma) June 11, 2024
225
Shares
प्रतिक्रिया