ad ad

राजनीति


ध्यानाकर्षणका लागि बाढी नकुरौँ : विश्वप्रकाश शर्मा

ध्यानाकर्षणका लागि बाढी नकुरौँ : विश्वप्रकाश शर्मा

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १२:९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरणसम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबारको प्रतिनिधि सभाको शून्य समयमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले बाढीपछि बैठक नभई उद्धारमा जुट्न आग्रह गरे। जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको उल्लेख गर्दै भूगर्भविद्हरूले औंल्याएका जोखिमपूर्ण बस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने उनको सुझाव थियो।

‘वर्षाको समयमा हाम्रो देशमा तीनवटा दृश्य देखिने गरेको छ- पहिलो बाढी पहिरो, दोस्रो आपत्कालीन बैठक, तेस्रो दलको वक्तव्य अनि संसदमा सांसदहरूको ध्यानाकर्षण,’ उनले भने, ‘यसपालि दृश्य बदलौँ। ध्यानाकर्षणका लागि बाढी नकुरौँ। बाढीपछि बैठक होइन, उद्धारमा जुटौं। जस्तो कि हामी जान्दछौं– गाउँमा कसैको घरमा आगो लाग्दा, मान्छे बैठक गर्दैनन्, पानी खोज्छन्। जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित छ। अतः भूगर्भविद्हरूले औंल्याएका पहिरोका जोखिम बस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राखौँ।’

आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गर्नुपर्ने उनको धारणा थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .