सत्तारुढ मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै सोध्न आग्रह गरेका छन्।
बिहीबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नको जिज्ञासामा ओलीले यस्तो बताएका हुन्।
मन्त्रिपरिषद् हेरफेर हुँदै हो? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा ओलीले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूलाई सोध्नुस् न।’
लगत्तै, उनलाई अर्का एक सञ्चारकर्मीले ‘आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन मान्नुभएको छैन भन्ने पनि आएको छ नि?’
भिडिओ:
यो प्रश्नको जवाफमा ओली मौन रहे।
यसअघि आजै संसद् भवनबाट बाहिरने क्रममा सत्ताकै अर्का घटक एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई कुनै जानकारी नभएको बताएका थिए।
प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीसमेतलाई सहभागी गराउनेगरी मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका थिए।
लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहणका लागि भारत गएका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट फर्किएपछि छलफल अघि बढाएका छन्।
बुधबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।
Shares
प्रतिक्रिया