ad ad

राजनीति


खानेपानीको अभावमा काठमाडौँवासी मर्ने दिन आउँदैछ : प्रेम सुवाल

खानेपानीको अभावमा काठमाडौँवासी मर्ने दिन आउँदैछ : प्रेम सुवाल

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १२:४८, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौँवासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गरेका छन्।

मेलम्चीको पानीले काठमाडौँमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले काठमाडौँ उपत्यकावासी खानेपानीको अभावमा निस्सासिएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने उनको नाइ  थियो। 

‘मेलम्चीको पानी अब काठमाडौँलाई पुग्दैन। याङ्ग्री र लार्केखोलाको पानी ल्याएर पनि पुग्ने छैन। यो ल्याउने कहिले हो? २५ वर्ष लाग्यो मेलम्ची ल्याउन। निस्सासिएर काठमाडौँका मान्छे खानेपानीको अभावमा भकाभक मर्ने दिन आउँदैछ। हामीले सुनिराखेका छौँ–अबदेखि मेलम्चीको पानी रोक्दैन भनेर सुनेको यही संसदमा हो। फेरी असारबाट पानी आउँदैन भन्ने आएको छ,’ सांसद सुवालले भने।

शुक्रबार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले खानेपानीको स्रोतको व्यवस्था संघीय सरकारले त्यसको वितरणको काम स्थानीय सरकारले गर्नुपर्ने पनि बताए। 

उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार देशभर खानेपानीको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। 

‘खानेपानीको स्रोत व्यवस्थापन सरकारले गर्ने तर वितरण स्थानीय तहलाई दिनुपर्छ। र देशभरी सुख्खा बढिरहेको हुँदा पानी पुरणभरणको बन्दोबस्त गर्ने। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको खानेपानी देशभरी उपलब्ध गराउने, देशभर आर्सेनिक मुक्त खानेपानीको व्यवस्था गर्ने र काठमाडौँको सुविधा उपत्यका बाहिर गरी सबै स्थानीय तहलाई सहरको रुपमा विकास गर्ने,’ उनले विकल्प दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .