ad ad

राजनीति


बजेटबारे ओलीको फेरि असन्तुष्टि–हामीले नै चलाएको मन्त्रालयमा सन्तोष मान्ने बजेट छैन

बजेटबारे ओलीको फेरि असन्तुष्टि–हामीले नै चलाएको मन्त्रालयमा सन्तोष मान्ने बजेट छैन

नेपालखबर
असार १, २०८१ शनिबार १७:३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारले हालै ल्याएको बजेटबारे फेरि असन्तुष्टि जनाएका छन्। शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै उनले आफ्नो असन्तुष्टि दोहोर्‍याएका हुन्।

‘बजेटको सन्दर्भमा भएको कति ठिक, कति बेठिक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ,’ ओलीले भने, ‘एक दुई जनाको मुख हेरेर हामी सरकारमा छौँ भनेर गरिबीतिर गएपनि के भयो र? हामी सरकारमा छँदै छौँ भनेर हुन्छ। हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने । हामीले नै चलाइरहेका मन्त्रालयहरुको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ?’

बजेटबारे ओलीले यसअघि पनि पटक–पटक सार्वजनिकरुपमै असन्तुष्टि जनाएका थिए। उनले सांसदहरुलाई संसदमा यसबारे खुलेर छलफल गर्न समेत निर्देशन दिए। 

‘यी सबै विषयमा साथीहरुले खुलेर छलफल गर्नुस्,’ ओलीलेको निर्देशन थियो, बाहिर बजारमा फिँजाउने कुरा होइन । बाहिर बजारमा भन्दै हिँड्ने त्यसले कुनै कुरालाई सच्याएर ल्याइदिँदैन। त्यो ठिक ठाउँको छलफल, ठिक ठाउँको सुझाव, ठिक ठाउँका निर्णयबाट मात्रै स्थितिमा परिवर्तन आउँछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .