ad ad

राजनीति


उपयुक्त विधि तय भएपछि मात्रै अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा : प्रधानमन्त्री

उपयुक्त विधि तय भएपछि मात्रै अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा : प्रधानमन्त्री

नेपालखबर
असार ६, २०८१ बिहिबार १४:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालनमा आउने बताएका छन्। 

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनका लागि सुझाव पेश गर्न समिति गठन भएको र समितिको प्रतिवेदनमा आएको सिफारिस अनुसार सञ्चालन गरिने बताए। 

सार्वजनिक, नीजि साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरी कार्यान्वयनमा ल्याइने उनको भनाइ थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बारेमा आफूले सम्बन्धित मन्त्रालयसँग छलफल गरिरहेको पनि उनले जानकारी गराए। 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारुकताका साथ कार्य भइरहेको छ अन्य देशका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नको लागि विभिन्न छुट तथा सहुलियतका साथै अन्य विषयमा पनि चासो व्यक्त गरेकाले ति विषयहरूमा छलफल र समन्वय भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

उनले अन्तर्राष्ट्रिय वायु सेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नको लागि विभिन्न छुट तथा सहुलियतका विषयमा चासो व्यक्त गरेका र उनीहरूसँग पनि छलफल भइरहेको पनि बताए। 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तिनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रुपमा सञ्चालन गर्न सार्वजनिक नीजि साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्यसमिति गठन भएको र समितिले प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक, नीजि साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरि कार्यान्वयनमा ल्याइने छ,’ उनले भने, ‘आज बिहान मात्रै मैले सम्बन्धित मन्त्रालयसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बारेमा अन्तर्राष्ट्रिय समन्वयको बारेमा छलफल गरेको छु। केही सकारात्मक र उत्साहवद्र्धक प्रगती भइरहेको जानकारी गराउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .