ad ad

राजनीति


सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँछौँ : सञ्चारमन्त्री शर्मा

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँछौँ : सञ्चारमन्त्री शर्मा

नेपालखबर
असार ६, २०८१ बिहिबार १८:४५, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षबाट सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने बताएकी छिन्। 

बिहीबार विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन्। 

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भइसकेको जानकारी गराउँदै मन्त्री शर्माले यसलाई थप व्यवस्थित गर्न सरकारले विधेयक तर्जुमालाई अन्तिम चरणमा पुर्‍याएको बताइन्।

नेपालको प्रचलित कानून र सामाजिक सदभाव सामाजिक वातावरण माथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनैपनि सामाजिक प्लेटफर्मप्रति सरकारको आग्रह÷पूर्वाग्रह नगरेको पनि उनले बताइन्। 

मन्त्री शर्माले सामाजिक सञ्जाल, युट्युबको व्यवस्थिति अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको बताइन्। 

‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँदै लगिनेछ। सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भएको छ। थप व्यवस्थित गर्न विधेयक तर्जुमा अन्तिम चरणमा छ। नेपालको प्रचलित कानून र सामाजिक सदभाव सामाजिक वातावरण माथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनै पनि सामाजिक प्लेट र्फमप्रति सरकारको आग्रह पूर्वाग्रह नभएको कुरा निवेदन गर्न चाहन्छु,’ मन्त्री शर्माले भनिन्, ‘सामाजिक सञ्जाल, युट्युबको व्यवस्थिति अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको छ। आम नागरिकमा गुणस्तर र सुलभ इन्टरनेट सेवा पुर्‍याउने काम भइरहेको छ।’

आम नागरिकमा गुणस्तर र सुलभ इन्टरनेट सेवा पुर्‍याउने काम भइरहेको उनले उल्लेख गरिन्। 

अहिले दुई वटा मोबाइल सेवा प्रदायक र ११५ इन्टरनेट प्रदायक दर्ता भएर सेवा दिइरहेको भन्दै देशभर गुणस्तरिय सेवा पुर्‍याउन आवश्यकता अनुसार पूर्वाधार निर्माण थप गर्ने कार्य अघि बढेको उनको भनाइ थियो।

‘अहिले दुई वटा मोबाइल सेवा प्रदायक र ११५ इन्टरनेट प्रदायक दर्ता भएर सेवा दिइरहेका छन्। देशभर गुणस्तरिय सेवा पुर्‍याउन आवश्यकता अनुसार पूर्वाधार निर्माण थप गर्ने कार्य अघि बढेको छ। उच्च गतिको इन्टरनेट विस्तारको लागि एक वर्षको अवधिमा ९ जिल्ला थप गरी ७६ जिल्लामा विस्तार भएको एफटिटिएस सेवा आगामी आर्थिक वर्षमा सबै जिल्ला सदरमुकाम,नगरपालिका र गाउँपालिकामा विस्तार गर्दै लगिनेछ,’ मन्त्री शर्माले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .