सत्तारुढ प्रमुख तीन दल नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रिक्त ११ स्थानमा पठाउने राजदूतको भागबन्डामा सहमति गरेका छन्।
बिहीबार साँझ सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा उक्त विषय टुंगिएको हो।
स्रोतका अनुसार प्रमुख सत्ताघटक दल नेकपा एमालेले ८, रास्वपाले २ र माओवादी केन्द्रले १ राजदूत लिने गरी सहमति भएको हो।
गत जेठ २४ मा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।
सोही स्थानमा नयाँ राजदूत नियुक्त गर्न लागिएको हो।
बालुवाटार स्रोतका अनुसार ११ जनामध्ये आजै केही देशको राजदूत टुंगो लगाउने सम्भावना छ।
आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै छ।
450
Shares
प्रतिक्रिया