ad ad

राजनीति


कपडा सिलाउन त आउँछ, अलि अभ्यास गर्दा बुन्न पनि आउँछ जस्तो लाग्यो : ओली (भिडिओ)

कपडा सिलाउन त आउँछ, अलि अभ्यास गर्दा बुन्न पनि आउँछ जस्तो लाग्यो : ओली (भिडिओ)

रास्वपा कार्यालय परिसरमा राखिएको तानमा नेपाली धागोबाट कपडा बुन्दै एमाले अध्यक्ष ओली (तस्बिर : सरोज बैजु)


नेपालखबर
असार ७, २०८१ शुक्रबार १८:२६, काठमाडौँ

शुक्रबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चियापानमा सहभागी हुन पुगे। 

हुन त, उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत सबैजसो शीर्ष नेताहरू पुगेका थिए। 

उनीहरू सबै औपचारिक निमन्त्रणातर्फ लागे। सबैजसो शीर्ष नेताहरूलाई रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने आफैँलै घण्टी बजाउन आग्रह गरे। 

सबैले सहज तरिकाले उनको अनुरोध स्वीकार र बजाए। तर, ओलीले रविको त्यो प्रस्ताव मानेनन्। उनले घण्टी नबजाई रास्वपा कार्यालय परिसरमा राखिएका स्टलतर्फ लागे। 

रास्वपाले उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्टलहरू राखेको थियो। 

सबैजसो स्टलको अनुगमनपछि अध्यक्ष ओली एउटा तान झुण्डाइरहेको ठाउँमा पुगे। उनले त्यहाँ केहीबेर तानमै बसेर कपडा बुन्ने प्रयास गरे। 

ओलीले गरेको त्यो क्रियाकलापबारे अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ। 

जसलाई थप रोमाञ्चक बनाउँदै ओलीले पनि टिप्पणी गरेका छन्। 

रास्वपा कार्यालयबाट फर्किएसँगै ओलीले सामाजिक सञ्जालमा तानमा बसेर कपडा बुनिरहेको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘..नेपाली कपडाको तानमा बसेर कपडा बुन्न सिकेँ।’

ओलीले आफूलाई कपडा सिलाउन पहिल्यै आउने जानकारी गराउँदै केही अभ्यास गर्दा कपडा बुन्न पनि आउनेजस्तो लागेको जिकिर गरे। 

‘आज रास्वपाको चियापानमा सहभागी हुँदैगर्दा प्रदर्शनी स्थलमा नेपाली कपडाको तानमा बसेर कपडा बुन्न सिकें,’ ओलीले लेखेका छन्, ‘कपडा सिलाउन त मलाई आउँछ। अलि अभ्यास गर्दा कपडा बुन्न पनि आउँछ जस्तो लाग्यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .