ad ad

राजनीति


रविलाई विश्वप्रकाशको प्रश्न– जीबीलाई भगाउन लोकेसन पत्ता लाग्यो भनेर स्टन्टबाजी गरेको?

रविलाई विश्वप्रकाशको प्रश्न– जीबीलाई भगाउन लोकेसन पत्ता लाग्यो भनेर स्टन्टबाजी गरेको?

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८१ आइतबार १२:४८, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘स्टन्टबाजी’ गरेको आरोप लगाएको छ। 

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले लोकेसन पत्ता लगाइसक्यो भनेर जीबीलाई भगाउन माइकबाट फुकेको हो? भन्दै प्रश्न गरे। 

‘लोकेसन पत्ता लगाइसक्यो भनेको जीबी राईलाई के भगाउनका लागि हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने? कि सरकार चाँडै जीबी राईलाई हाजिर गराउँदैछ?,’ उनले भने। 

साथै, उनले सुर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च अदालतको बहस सुन्न आउँदा प्रहरीले रोकिदिएकोप्रति आपत्ति जनाए। 

‘सुर्यदर्शन सहकारीका पीडितहरू सम्मानित सर्वोच्च अदालतको बहस सुन्न पोखराबाट काठमाडौँ आएका थिए। अदालतले ५ जनालाई पास पनि दियो। तर प्रहरीले गेटमा रोकिदियो। प्रचलन के छ भने, आफ्नो मुद्दासँग सम्बन्धित पीडितले अदालतमा बहस सुन्न चाहँदा अदालतले पास दियो भने सुन्न पाउनुपर्छ,’ उनले भने। 

महामन्त्री शर्माले गृहमन्त्री लामिछानेले जेठ ६ गते संसद्को रोष्ट्रमबाटै झुटो बोलेको बताए।

‘गृहमन्त्रीजीले जेठ ६ गते यो रोस्ट्रममा उभिएर भन्नुभएको थियो, पहिले पहिले मन्त्रीले अनुसन्धान गर्थे अब प्रहरीले गर्छ। अनि अनुसन्धान गरिरहेका प्रहरीलाई पहिले पहिले सरुवा गरिँदैन। उहाँले ठाडै झुट बोल्नुभएको थियो,’ शर्माले दाबी गरे। 

उनले मलेसियाबाट कुनैपनि अभियुक्तलाई पक्राउ गरी ल्याउन कुनै सुपर्दगी सन्धी नचाहिने पनि दाबी गरेका छन्। 

कुनै फरार अभियुक्त मलेसियामा रहेको शंका लागेमा सम्बन्धित देशको कुटनीतिक प्रतिनिधिले सुपर्दगी माग गर्न सकिने व्यवस्था रहेको पनि उनले प्रतिनिधिसभा बैठकमा सुनाए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .