नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन्।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संघीय संसद सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्ने बताए।
संघीय संसद सचिवालयका कर्मचारीहरू केही दिन यता सेवा सुविधाको माग सहित आन्दोलनमा छन्। उनीहरूले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन्।
‘यो वार्ताद्वारा अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्छ,’ ओलीले भने।
संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर कर्मचारीहरुले संसद भवन परिसरमै विरोध जनाएका थिए।
Shares
प्रतिक्रिया