ad ad

राजनीति


नेपालको सबै जमिन राष्ट्रियकरण गर्नुपर्छ, नत्र विकास हुँदैन : वामदेव गौतम

नेपालको सबै जमिन राष्ट्रियकरण गर्नुपर्छ, नत्र विकास हुँदैन : वामदेव गौतम

नेपालखबर
असार ९, २०८१ आइतबार १४:४१, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।

आइतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालले विकास गर्न नसक्ने बताए। 

अमेरिका, चीन, रुस लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको उनको भनाइ थियो। 

‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ। मैले आज धेरै पहिलादेखि भन्दै आएको कुरा गरेँ। जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन। अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ। त्यहाँ व्यक्तिगत छैन,’ गौतमले भने, ‘अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ। रुसमा पनि त्यो लागू भएको छ। चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन। भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार हो। मुख्य उत्पादनको साधन हो। त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौँ, देश समृद्ध हुन सक्दैन।’

उनले भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार भएकाले उत्पादनका लागि लिजमा दिने र सबै भूमि राष्ट्रियकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .