ad ad

राजनीति


दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले गरे पद अस्वीकार

प्रधानमन्त्रीको सचिवालयमा बुझाए पत्र
दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले गरे पद अस्वीकार

नेपालखबर
असार ९, २०८१ आइतबार १४:५८, काठमाडौँ

दक्षिण कोरियाको राजदूतमा सिफारिस सुशील प्याकुरेलले पदप्रति असन्तुष्टि जनाएका छन्।

उनलाई सरकारले नेकपा एमालेको कोटाबाट गत शुक्रबार (असार ७) गते राजदूत सिफारिस गरेको थियो। ‘मेरो असन्तुष्टि हो, मैले कन्सल्ट गर्दैछु। केहीबेरपछि सबै कुरा थाहा पाउनुहुन्छ,’ प्याकुरेलले नेपालखबरसँग भने। 

प्याकुरेल निकट स्रोतका अनुसार, राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयलाई पत्र बुझाइसकेका छन्। 

उनले सचिवालयमा पत्र बुझाउँदै भनेका छन्, ‘मलाई राजदूत सिफारिस गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद, तर मेरो रुचि र सहमति नभएकोले असमर्थ छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .