ad ad

राजनीति


काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ : खानेपानीमन्त्री

काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ : खानेपानीमन्त्री

नेपालखबर
असार ९, २०८१ आइतबार २०:३४, काठमाडौँ

खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताएका छन्।

आइतवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

मन्त्री राईले सो खानेपानीको विकल्प पनि सरकारले सोचिसकेको बताए। मन्त्री राईले बाढीको मात्रा बढ्ने बित्तिकै मेलम्चीको पानी काठमाडौं ल्याउने कुरा सम्भव नहुने अवस्था रहेको तथ्य पनि स्मरण गराए।

उनले खानेपानीको अभाव हुन सरकारले नदिने गरी योजना बनाएको दाबी पनि गरे।

मन्त्री राईले भने, ‘अहिले ठूलो बाढी नआएकाले यसलाई बन्द गरिएको छैन। केही समयपछि बन्द हुने कुरा पनि छ। त्यसपछि त्यहाँको पानीको समस्या समाधान गर्नका लागि हामीले अन्य विकल्पहरू पनि सोचिएको कुरा म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु।’

मन्त्री राईले मेलम्चीको लार्के र याङ्ग्री खोलाबाट पनि पानी ल्याउने तयारी सुरु गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .