प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ। बैठक बिहान ११ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाबाट आज बजेट पास गर्ने तयारी छ। बैठकको कार्यसूचीमा विनियोजन विधेयक- २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ।
अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक- २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए।
आगामी आर्थिक वर्षको बजेट हिजोकै बैठकबाट पारित गर्ने तयारी थियो। तर, मन्त्रालयगत छलफल नसकिएकाले आज पनि बैठक बस्न लागेको हो।
हेर्नुहोस् आजको बैठकको कार्यसूची
30
Shares
प्रतिक्रिया