ad ad

राजनीति


तराई/मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियो : सांसद थपलिया

तराई/मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियो : सांसद थपलिया

नेपालखबर
असार १०, २०८१ सोमबार १४:४६, काठमाडौँ

नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई/मधेसका जिल्लाहरुमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। 

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले विगत तीन महिना भित्र श्रृंखलाबद्ध रूपमा भएको एक दर्जन बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताइन्।

गाउँ गाउँमा अपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै नागरिकहरुमा डरले गाउँमा बस्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो। 

उनले नागरिकहरू अनिदो रही घरेलु हतियार लिएर रातभर जाग्रम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

‘सिरहा जिल्ला लगायत तराई मधेसका अन्य जिल्लाहरुमा अहिले शान्ति सुरक्षाको अवस्था हदैसम्म बिग्रिएको छ। विगत तीन महिना भित्र श्रृंखलावद्ध रुपमा भएको एक दर्जन जति चोरी डकैतीको घटनाले समाजको मनोविज्ञानमा डर र त्रास पैदा गरेको छ,’ उनले भने, ‘एकातिर श्रृंखलावद्ध चोरी र डकैतीको घटना भइरहेको छ। अर्कातिर गाउँ गाउँमा अपराधिक समूहले यति दिनभित्र यो गाउँ लुट्छौँ, यति दिन भित्र यो गाउँ चोरी गर्छौं भनेर पोस्टर र पम्प्लेट टाँसेको अवस्था छ। सुन्दा यो अपत्यारिलो छ। तर सत्य कुरा यही हो।’

सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .