ad ad

राजनीति


कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक छ : महामन्त्री थापा

कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक छ : महामन्त्री थापा

फाइल फोटो


नेपालखबर
असार १०, २०८१ सोमबार १५:५९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कांग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बद्नाम भइरहेको बताए। सत्पात्रको खोजि गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए।

उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सिमित बनिरहेको बताए। उनले नेपाली कांग्रेसमा योगदान दिएका पात्रहरूलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए।

उनले भने, ‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ। कांग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन। कांग्रेस भित्रको फोहोर सफा गर्ने सन्दर्भमा कांग्रेस भित्रको फोहोर थोरै छ। कांग्रेस भित्रको सफाको अंश धेरै छ। तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो। फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ।’

महामन्त्री थापाले प्रधानमन्त्री बन्नेहरूलाई म किन प्रधानमन्त्री बनेको हुँ? भन्नेकुराको जानकारी नै नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .