ad ad

राजनीति


प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न– गृहमन्त्रीलाई निकाल्न सकिँदैन?

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न– गृहमन्त्रीलाई निकाल्न सकिँदैन?

नेपालखबर
असार १०, २०८१ सोमबार १७:२१, काठमाडौँ

राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएकी छिन्। 

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनिसक्दासमेत नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै असन्तुष्टि जनाएकी हुन्। 

‘जनताले यसले अनियमितता गर्‍यो, जनताको पैसा यसको पेटमा पर्‍यो, त्यसले गर्दा कारबाही होस् भनेर जनताले मागेको छ, सिंगो संसदले मागेको छ। सिंगो संसद अवरुद्ध भयो। र अध्यक्षज्युलाई भन्छु, यो संसदबाट हामी पनि संसद अवरुद्ध गर्न वेलमा आयौँ। के गर्‍यौँ, त्यो पछि विश्लेषणको कुरा होला। त्यत्रो भएको मान्छे नैतिकता त हुन्छ नि,’ उनले भनिन्।

छानबिनका लागि प्रक्रियामा गएको व्यक्तिलाई संरक्षण गरेर देशमा कस्तो सन्देश दिन खोजेको भन्दै उनले प्रश्न गरिन्।

‘छानबिन गर्नुस्, राजीनामा दिन्छु भन्न नसक्ने त्यत्रो ठूलो निकायमा बसेको एउटा गृहमन्त्रीले अनि भ्रष्टाचार मौलाउँदैन। हामीले कस्तो मान्छेलाई संरक्षण दिएका छौँ। म सम्माननीय प्रधानमन्त्रीलाई भन्छु, यहाँबाट निकाल्न सकिँदैन?,’ पन्तको भनाइ थियो, ‘अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै प्रधानमन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले भन्न सक्नुहुन्न। केले रोक्यो, त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्रीलाई। सत्ता नै ठूलो कुरा हो? आउनुस् न। अर्को चोटी बहुमत प्राप्त गरेर आउनुस्। सत्ता ठूलो की मुलुक?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .