राप्रपा नेपालका नेता भाष्कर भद्रा पार्टीको उपाध्यक्षमा मनोनीत भएका छन्।
अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भद्रालाई केन्द्रीय उपाध्यक्षमा मनोनीत गरेका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
भद्रालाई राजनीतिक विभागको प्रमुखको जिम्मेवारी दिईएको छ।
यसैगरी पुष्पा खरेल भट्ट (काठमाडौं) लाई महिला, जनसंख्या तथा लैंगिक विभाग प्रमुख र गंगाप्रसाद शर्मा (काठमाडौं) लाई सचिवालय सदस्य सचिव पदमा मनोनयन गरेका छन्।
15
Shares
प्रतिक्रिया