ad ad

राजनीति


नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक । तस्बिरः परराष्ट्र मन्त्रालय


नेपालखबर
असार ११, २०८१ मंगलबार १२:०, काठमाडौँ

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु भएको छ।

काठमाडौंको मेरियट होटेलमा सुरू भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुनेछ।

संयन्त्रको औपचारिक बैठकअघि परराष्ट्रसचि सेवा लम्साल र चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङ अनौपचारिक छलफलमा। तस्बिरः परराष्ट्र मन्त्रालय

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्साले गरेकी छिन् भने चिनियाँ टोलीको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका छन्।

संयन्त्रको १५ औँ बैठक २०७९ चैतमा चीनको बेइजिङमा बसेको थियो। 

बैठकका लागि उपविदेशमन्त्री सुन  आइतबार बिहान आइपुगेका थिए।


उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटिसकेका छन् भने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .