ad ad

राजनीति


स्वार्थ बाझिने गरी म्यानपावर व्यवसायीलाई साउदी अरबको राजदूत सिफारिस गरियो : सांसद यादव

स्वार्थ बाझिने गरी म्यानपावर व्यवसायीलाई साउदी अरबको राजदूत सिफारिस गरियो : सांसद यादव

अबुसुफ्यान खान मुसलमान र सांसद रामकृष्ण यादव


नेपालखबर
असार ११, २०८१ मंगलबार १२:१०, काठमाडौँ

साउदी अरबको राजदूतमा सरकारबाट सिफारिस भएका अबुसुफ्यान खान मुसलमानबारे प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले गम्भीर प्रश्न उठाएका छन्। 

मुसलमान गत जेठसम्म साउदी अरबमै श्रमिक पठाउने ‘ईशान ओभरसिज’का सञ्चालक भएको भन्दै सांसद यादवले उनलाई राजदूत बनाएर पठाउँदा स्वार्थ बाझिने बताए। 

‘स्वार्थ बाझिनेगरी पूर्व म्यानपावर व्यवसायी अबुसुफ्यान खान मुसलमान साउदी अरबको राजदूतमा सिफारिस गरेको छ,’ सांसद यादवले प्रतिनिधिसभाको शून्य समयमा भने, ‘नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरब हो। उनी गत जेठसम्म साउदी अरबमा श्रमिक पठाउने इशान ओभरसिजका सञ्चालक थिए।’

विना कारण आफ्ना राजदूत निरन्तर फेरिरहने मुलुकमध्ये नेपाल पनि एक रहेको उल्लेख गर्दै राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाभन्दा बाहिरबाट सिफारिस गरिएको बताए। 

‘उनी लामो समयदेखि साउदीमा काम गर्दै आएका छन्। जुन देशमा श्रमिक पठाउँदै आएको छ, जहाँ कारोबार हुँदै आएको छ, त्यहि देशमा राजदूत जिम्मेवारी दिँदा सोझो स्वार्थ बाझिनेछ,’ सांसद यादवले भने। 

मुसलमानलाई राजदूत नियुक्ति गर्दा साउदीमा काम गर्ने म्यानपावर व्यवासयीहरू सशंकित भएको पनि उनले बताए। 

‘जबकी राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ अनुसार, राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति पत्र अथवा सुविधा प्राप्त नगरिएको भन्ने व्यवस्था राखिएको छ,’ उनले भने, ‘म्यानपावर व्यवसायी आफैँ राजदूत भएर जाँदा साउदीमा काम गर्ने म्यानपावर व्यवसायीहरू सशंकित भएका छन्।’

मुसलमान कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जन्मिएका हुन्। उनी हाल रुपन्देहीको मायादेवी गाउँपालिकामा बसोबास गर्छन्।

म्यानपावर ९वैदेशिक रोजगार० व्यवसायमा पनि संलग्न रहेका मुसलमान जसपाको प्रदेश कमिटीको सल्लाहकार सदस्य छन्।

उनले भारतबाट ‘इस्लामिक स्टडिज’मा स्नातकोत्तर गरेका छन् भने आफूलाई मुस्लिम समुदायको अभियन्ता भनेर पनि चिनाउन चाहन्छन्।

यो पनिः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .