ad ad

राजनीति


राजदूतबारे प्रधानमन्त्रीको स्पष्टीकरण : पहिला पनि सत्ता फेरिएको एक हप्तामै परिवर्तन गरिन्थ्यो

राजदूतबारे प्रधानमन्त्रीको स्पष्टीकरण : पहिला पनि सत्ता फेरिएको एक हप्तामै परिवर्तन गरिन्थ्यो

नेपालखबर
असार ११, २०८१ मंगलबार १३:४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि पनि सत्ता समीकरण परिवर्तन हुनासाथ राजदूत परिवर्तन हुने गरेको बताउँदै अहिले पनि त्यसैको निरन्तरता भएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विगतमा सरकार परिवर्तनको एक हप्तामै हुने गरेको भए पनि यो पटक आफू तीन महिनासम्म केही नगरी बसेको बताए। 

‘राजनीतिक नियुक्तिमा गएकाको बारेमा मात्रै हामीले सिफारिस गर्ने गरेका छौँ। विगतमा पनि समीकरण चेन्ज भएपछि हप्तादिनभित्रै चेन्ज गर्ने गरिएकै त छ। फर्मल लोजिक मात्रै नगरौँ, माननीय सदस्यहरू,’ प्रधानमन्त्री प्रचण्डले भने।

साथै, उनले  परराष्ट्र  सेवाबाट ५० र राजनीतिकतर्फबाट ५० प्रतिशतका आधारमा राजदूत सिफारिस गर्ने पूरानै प्रचलन रहेको पनि बताए। 

‘अहिलेसम्म हाम्रो प्रचलित मान्यता, परराष्ट्र  सेवाबाट ५० र राजनीतिकतर्फबाट ५० प्रतिशत भन्ने स्थापित छ। हामी सबैले सहमति गरेर यसलाई बदल्न पनि सकिन्छ। अहिले नै सरकार एक्लैले बदल्ने स्थिति थिएन र छैन,’ उनले भने।

उनले राजदूत नियुक्तिमा भागबन्डा भन्ने शब्द आफूलाई नमिठो लाग्ने पनि बताए। 

‘बरु, यो पटक मैले देशको राजनीतिक र आर्थिक परिस्थिति सबै कारणले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गर्दैछौँ, राजदूतहरूलाई त्यसको जिम्मेवारी दिइएको छ भनेर झण्डै  तीन महिना तीनै राजदूतहरूलाई सहज ढंगले लगानी सम्मेलन लगायत देशभित्रका अरु काममा सहयोग गर्न अपिल गरिराखेका थियौँ। यो पक्ष पनि विचार गर्न आग्रह गर्छु,’ उनले भने। 

प्रधानमन्त्रीले अघि थपे, ‘अहिले पनि भागबन्डा शब्द नभनि आफू समीकरणमा हुँदा भागबन्डा नहुने, अर्को समीकरण हुँदा भागबन्डा भन्ने भाष्य उचित र नैतिक हुन्छ जस्तो लाग्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .