ad ad

राजनीति


परराष्ट्रमन्त्री श्रेष्ठ इरानबाट स्वदेश फिर्ता

परराष्ट्रमन्त्री श्रेष्ठ इरानबाट स्वदेश फिर्ता

नेपालखबर
असार ११, २०८१ मंगलबार १८:५७, काठमाडौँ

एसियाली सहयोग संगठन (एसीडी)को १९ औँ बैठकमा भाग लिन इरानको तेहरान गएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन्।

एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग)को विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ शनिबार (असार ८) साँझ त्यसतर्फ गएका थिए।

मंगलबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमण सफल रहेको बताए।

बैठकमा आफ्नो सहभागिताले नेपालको छविको सकरात्मक प्रवर्द्धन हुने मन्त्री श्रेष्ठको भनाइ छ।

‘समग्रमा यस बैठकमा नेपालको सहभागीताले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रूपमा नेपालको सकारात्मक छविको प्रवर्द्धन गर्न, सदस्य मूलुकहरूबीच आपसी लाभका क्षेत्रहरूमा सहकार्यलाई घनिभूत बनाउन र वर्तमान परिप्रेक्ष्यमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका जलवायु परिवर्तन, द्वन्द्व, उर्जा सुरक्षा, प्राकृतिक प्रकोप, संगठित अपराध जस्ता चुनौतीहरुको सामूहिक रूपमा सामना गर्नका लागि उक्त बैठकले महत्वपूर्ण योगदान पुर्‍याएको छ भन्नेमा म विश्वस्त छु,’ उनले भने।

बैठकको साइडलाइनमा एसीडी सदस्य देशहरुका मन्त्रीहरुसँग भेटवार्ता भएको समेत मन्त्री श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .