ad ad

राजनीति


कुर्सी जोगाउन मुख्यमन्त्रीले भरतपुरमा बजेटको ओइरो लगाउनुभयो : सांसद नेपाल

कुर्सी जोगाउन मुख्यमन्त्रीले भरतपुरमा बजेटको ओइरो लगाउनुभयो : सांसद नेपाल

नेपालखबर
असार १२, २०८१ बुधबार १३:५६, काठमाडौँ

बागमती प्रदेशकी सांसद उर्मिला नेपालले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई भरतपुर महानगरपालिकामा मात्रै बजेट खन्याउनुको कारण सोधेकी छिन्। 

प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१/०८२ को लागि ल्याएको बजेटमाथिको छलफलको क्रममा सांसद नेपालले मुख्यमन्त्रीलाई यस्तो प्रश्न गरेकी हुन्। 

‘मुख्यमन्त्री ज्यूले भरतपुर महानगरपालिका बाहेक अरु कुनै पालिका देख्नुभएन,’ उनले भनिन्, ‘उनले भनिन्, ‘सशर्त अनुदान, त्यो पनि भवन बनाउन दिन हो ? यसरी एउटा पालिकाको भवन बनाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट बजेट विनियोजन गर्ने हो या, अरु सम्बन्धित मन्त्रालय छन् ?’ 

सांसद नेपालले आफ्नो गृहजिल्ला नदेख्ने तर भरतपुरमा मुख्यमन्त्रीले बजेट खन्याउनु दुखद् भएको बताइन्। ‘भरतपुर महानगरपालिका जसले आगामी आर्थिक बर्षको लागि ६ अर्व ५५ करोडको बजेट ल्याएको छ,’ उनको भनाइ थियो, ‘आफ्नै गृहजिल्ला धादिङको रुवीभ्याली जस्तो पालिका नदेख्ने तर भरतपुर जस्तो सम्पन्न महानगरपालिकामा बजेट खन्याउनु दुखद् छ।’

यस्तै सांसद नेपालले मुख्यमन्त्रीतर्फ संकेत गर्दै कुर्सी जोगाउन संघ सरकारले दायित्व लिनुपर्ने भरतपुर क्रिकेट रंगशालाको दायित्व प्रदेश सरकारले काँधमा लिएको टिप्पणी समेत गरिन्।

बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ८ करोड ६६ लाख २० हजार रुपैंया बजेट विनियोजन गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .