नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्।
उनी रिङरोडको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दवाव यात्रामा हिँड्ने भएका हुन्।
पौडेलले कलंकीदेखि धोविखोलासम्मको क्षेत्रमा यात्रा गर्ने भएका हुन्।
उनी काठमाडौं क्षेत्र नम्बर ५ का प्रत्यक्ष निर्वाचित सांसद हुन्।
रिङरोडको बिस्तार हुन बाँकी क्षेत्रमा चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको थियो।
रिङरोडको कोटेश्वरदेखि कलंकीसम्मको क्षेत्रको विस्तार भइसकोको छ। चिनियाँ कम्पनीले नै त्यसलाई निर्माण गरेको थियो।
54
Shares
प्रतिक्रिया