नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीको नयाँ अध्यक्षका लागि छलफल चलिरहेको बताएका छन्।
बिहीबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा उनले यस्तो बताएका हुन्।
अध्यक्षमा तपाईंको सम्भावना भएको हो? भन्ने प्रश्नको जवाफमा भुसालले भनेका छन्, ‘हामी छलफल गर्दैछौँ। सबै विषयमा छलफल हुँदैछ।’
काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा असार १६ देखि महाधिवेशन हुँदैछ।
महासचिव बनेको १५ महिनामै भूसाल अध्यक्षको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। अहिलेसम्म उम्मेदवारी घोषणा भने गरिसकेका छैनन्।
सम्मानित नेता झलनाथ खनालले नेतृत्वमा घनश्यामलाई नै समर्थन गरिसकेका छन्। बुधबार उनकै निवासमा भएको छलफलमा खनालले भुसाललाई चुनाव भए समर्थन गर्नेगरी 'गो अ हेड' भनेका छन्।
726
Shares
प्रतिक्रिया