जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि पहिलोपटक उपेन्द्र यादव र अशोक राई एउटै मञ्चमा देखिएका छन्।
जसपा नेपाल विभाजन गरेर राईले वैशाख २३ गते सात सांसद र ३१ केन्द्रीय सदस्य लिएर जनता समाजवादी पार्टी गठन गरेका छन्।
आइतबार (असार १६) गते नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशनमा यादव र राई पुगेका हुन्।
पार्टी फुटबारे सर्वोच्च अदालतमा रिट परेको छ र अदालतले यथाअवस्थामै राख्ख्ने आदेश दिएको छ।
२०७२ जेठ ३२ गते उपेन्द्र यादव नेतृत्वको मधेस केन्द्रित दल मधेसी जनअधिकार फोरम, नेपाल र अशोक राई नेतृत्वको जनजाति केन्द्रित दल संघीय समाजवादी पार्टीबीच एकीकरण भई ‘संघीय समाजवादी फोरम’ बनेको थियो।
त्यसबेला पार्टीको अध्यक्ष यादव र संसदीय दलको नेता अशोक राई चुनिएका थिए।
यसबीचमा फोरममा एकता र विभाजन चलिरहे पनि उपेन्द्र–अशोक सँगै थिए।
तर, ८ वर्षपछि यी दुवै नेता अलग भएका हुन्।
Shares
प्रतिक्रिया