ad ad

राजनीति


उपसभामुख राना भन्छिन् : संसद बैठकमै माननीयज्यूहरू घ्वाँरघ्वाँर निदाउनुहुन्छ

उपसभामुख राना भन्छिन् : संसद बैठकमै माननीयज्यूहरू घ्वाँरघ्वाँर निदाउनुहुन्छ

नेपालखबर
असार १६, २०८१ आइतबार १४:५६, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन्।

आइतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताइन्।

उनले संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन्।

उनले भनिन्, ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ मान्यज्युहरू। यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ। अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले।’

उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन्। उनले सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस्। उठेर हेर्नुस् त कति सुन्दर छ। यि अनुहारहरू फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ। यि आवाजहरू एकछिनमा हामी सुन्न पाउँदैनौँ। कति बेला हिँड्दा हिँड्दा यि आवाजहरू बन्द हुन्छन् थाहा हुँदैन।’

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .