ad ad

राजनीति


सिंहदरबार बैठकपछि ओलीले भने– बैठक भइराख्या छ, रवि– त्यस्तो केही होइन

सिंहदरबार बैठकपछि ओलीले भने– बैठक भइराख्या छ, रवि– त्यस्तो केही होइन

नेपालखबर
असार १६, २०८१ आइतबार १७:१४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा करिब एक घण्टा छलफल भयो। प्रधानमन्त्री कार्यालयमा भएको उक्त दुई नेताबीचको छलफलकै क्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइयो।

लामिछाने पनि मिसिएपछि केहीबेर तीन नेताबीच छलफल भयो। छलफलका विषय के थिए भनेर आधिकारिकरूपमा कसैले सार्वजनिक गरेका छैनन्। यो भेट विशेष कौतुहलको विषय किन थियो भने शनिबार मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

आइतबार तीन नेताको भेटपछि बाहिरिएका ओली र लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिए।

ओलीले भने, ‘भेटघाट भइराख्या’छ। भेटघाटपछि भेटघाट। भेटघाटको सिलसिलासँगै भेटघाट।’

यति भनिरहँदा उनी निकै हँसिला देखिएका थिए। तर, यसभन्दा बढी केही नभनी उनले गाडीको ढोका बन्द गरे।
त्यसपछि गृहमन्त्री रवि लामिछाने आइपुगे। 

उनले त झन् सञ्चारकर्मीको प्रश्न पनि नसकिँदै ‘त्यस्तो केही पनि होइन’ भनेर कुरा टुंग्याए।

तीन नेताको भेटघाट सकिएपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछाने माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन सत्रमा शुभकामना दिन पुगेका थिए। 

एकीकृत समाजवादी पनि सत्तागठबन्धनकै घटक हो। तर, एमाले अध्यक्ष ओली भने उक्त कार्यक्रममा गएनन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .